spot_img

एम्बुलेन्समा गाँजा ओसार्दै गर्दा दुई भारतीय नागरिक पक्राउ

spot_img
spot_img

विराटनगर,२३ वैशाख । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा १४८ किलो गाँजा फेला परेको हो।

बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडा क्षेत्रमा जाँचका क्रममा बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहम्मद सदाम पक्राउ परेका छन्। पक्राउ परेका दुवै जना एम्बुलेन्समै सवार थिए।

प्रहरीका अनुसार गाँजा भारततर्फ तस्करी गर्ने उद्देश्यले एम्बुलेन्स प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय