नेपालगन्ज— भेरी अस्पताल नेपालगन्जमा कोरोना परिक्षण गरीएका ४० जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार भेरी अस्पतालले एक सूचना जारी गर्दै बाँकेका १२ र बर्दियाका २८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
दिउँसो १ बजेसम्म गरीएको परिक्षणमा बाँकेका ३ वटा पालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका १ का ४१ वर्षिय महिला, बैजनाथ गाँउपालिका ६ का ३८ र ३२ वर्षिय पुरुष तथा बैजनाथ गाँउपालिका २ का ३७ वर्षिय पुरुष रहेका छन । त्यसैगरी खजुरा गाँउपालिका ४ का एक महिला सहित ३ देखि ३८ वर्ष उमेर समुहका ७ जना र खजुरा ५ का २२ वर्षिय पुरुष रहेका छन ।
भेरीमै गरीएको परीक्षणमा बर्दियाका ५ वटा पालिकाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । यसरी संक्रमित हुनेहरुमा राजापुर १० का २५, २६ र ३८ वर्षिय पुरुष, राजापुर ८ का २९ र ३८ वर्षिय पुरुष रहेका छन । त्यसैगरी मधुवन २ का २२ र ३३ वर्षिय पुरुष तथा मधुवन ५ का १८ र ३२ वर्षिय पुरुष रहेका छन । बर्दियाको गुलरीया नगरपालिका ३ का १५ देखि ३२ वर्ष उमेर समुहका ९ जना पुरुष तथा गुलरीया ६ का ५५ वर्षिय पुरुष र गुलरीया १० का २७ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बढैयाताल ७ का २५ वर्षिया महिला र ३२ वर्षिय पुरुष, बढैयाताल ६ का ३६ वर्षिय पुरुष, बाँसगढी ९ का २१, ४० र ६० वर्षिय पुरुष, बाँसगढी २ का ३३ वर्षिय पुरुष तथा बाँसगढी ६ का २२ वर्षिय पुरुषमा संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।




