जनकपुर : कोरोना संक्रमित एक महिलाको मृत्यु

spot_img

जनकपुरधाम, ५ कार्तिक  । कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत रहेकी ६० वर्षीया महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आज मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख विजय झाले जानकारी दिएका हुन्।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि सो महिलालाई कात्तिक २ गते आईतबार अस्पताल भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरि परिक्षण गर्दा एक दिन पश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो। संक्रमित ति महिलाको हिजो  मृत्यु भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय