काठमाडौँ,२५ जेठ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो ।




