घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

spot_img

काठमाडौँ- नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय