10.1 C
Kathmandu
18.2 C
Birgunj

डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ कार्तिक नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १०
एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

- Advertisement -

कम्पनीले यसअघि नै बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश
सापकोटाले बताए ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ भ्याटसहितमा डिशहोम टिभीको रिचार्ज गर्दा १०
एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ भ्याटसहितमा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट
प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य
सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनी यो सेवा ल्याएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -