डिशहोम फाइबरनेटले ल्यायो वाइफाइ-६ सहितकाे ६०० एमबीपिएसको ईन्टरनेट

spot_img

डिशहोम फाइबरनेटले वाइफाइ-६ सहितकाे ६०० एमबीपिएसको ईन्टरनेट ल्यायो छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ ।

नेपालमा पहिलो पटक लेटेस्ट वाइफाइ-६ टेक्नोलोजीको वाइफाइ-६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने बताइएकाे छ । डिशहोमले ल्याएको वाइफाइ-६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

डिशहोम फाइबरनेटमा eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय