विन्दवासिनी गाउँपालिकाले निर्माण गरेको फ्लेग टावरको उद्धघाटन

spot_img

पर्साको विन्दवासिनी गाउँपालिकाले निर्माण गरेको फ्लेग टावरको बुधबार एक कार्यक्रमको बीच उद्धघाटन गरिएको छ ।

वीन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ प्रसौनी भाठामा रहेको प्रसौनी –मुशाहर्वा भेलाही जोड्ने मुख्य प्रबेस नाकामा निर्मित फ्लेग टावरको जनता समाजबादी पार्टी मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह र विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदीले संयुक्त रुपमा उद्धघाटन गरिेका छन ।

उक्त फ्लेग टावर गाउँपालिका अध्यक्ष मोदीको कोषबाट निर्माण गरिएको जनाईएको छ ।

सो अवसरमा गाउँपालिकाको स्थानीय बासी,गाउँपालिका कर्मचारी, बिओपी प्रसौनीका सशस्त्र प्रहरी तथा प्रहरी चौकी प्रसौनीका सुरक्षा निकायको उपस्तिथी रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय