spot_img

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने

spot_img
spot_img

काठमाडौँ,०३ असार । सरकारले यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै लालपुर्जा वितरणको तयारी पूरा भएको जानकारी दिएकी हुन्।

उनका अनुसार लालपुर्जा वितरणको काम असार तेस्रो सातादेखि औपचारिक रूपमा सुरु गरिनेछ। सरकारले भूमि आयोगको सट्टा हाल गठन गरिएको भूमि सम्बन्धी समितिमार्फत सुकुमवासी व्यवस्थापन र स्वामित्व हस्तान्तरणको प्रक्रिया अघि बढाएको छ।

सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी व्यवस्थापन र हालको होल्डिङ सेन्टरको अवस्थाबारे प्रश्न उठाएका थिए। उनले विस्थापित गरिएका सुकुमवासीलाई पुनःस्थापनामा समस्या रहेको भन्दै पहिले बसेकै स्थानमै व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए।

जवाफमा मन्त्री रावलले सरकार सुकुमवासीको दीर्घकालीन समाधानका लागि काम गरिरहेको उल्लेख गर्दै अब केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु हुने स्पष्ट पारेकी हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय