spot_img

भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग बन्द

spot_img
spot_img

बीरगन्ज,०३ असार । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।

नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण निर्यात प्रभावित भएपछि बाध्य भएर उद्योग बन्दको निर्णय लिनुपरेको जनाएको हो।

उद्योगीहरूका अनुसार नयाँ मापदण्डका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसक्दा उत्पादन र व्यापार दुवै ठप्प हुने अवस्था आएको छ। नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबर रहेको छ, जसमा करिब ५ अर्ब रुपैयाँको निर्यात भारततर्फ मात्र हुने गर्दछ।

संघका महासचिव शुक्र दाहाल र अध्यक्ष सुरेशकुमार मित्तल (पराजुली) ले उद्योग बन्द हुँदा करिब ६० हजार श्रमिक तथा कर्मचारीको रोजगारी जोखिममा पर्ने र राज्यले वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व गुमाउने खतरा रहेको बताएका छन्।

उद्योगीहरूले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। साथै, भारततर्फ निर्यात अवरुद्ध भएपछि वैकल्पिक बजारका रूपमा बङ्गलादेश र पाकिस्तानजस्ता देशतर्फ नेपाली चियाको निर्यात व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

उनीहरूले समयमै समाधान नभए चिया क्षेत्र ठूलो आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय