spot_img

माधव जस्ता कुण्ठितलाई बोकेर मलाई नै झम्टिए : ओली

spot_img
spot_img

काठमाडौं , २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत दिएर पार्टी एकता गर्दै आफैलाई हटाएको बताएका छन्। एमालेनिकट स्वास्थ्यकर्मी संगठनको महाधिवशनमा उनले तत्काली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले बहुमतको दुरुपयोग गरेको बताए।

उनले भने, ‘‘चार सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव जस्ता कुण्ठाग्रस्त मान्छेलाई बोकेर झम्टिए।” माधव नेपाललाई हुती नभएको नेता भन्दै उनले तीन सिट जितेर देखाउन चेतावनी दिए।

उनले भने, ‘‘मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए। माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे। माधव नेपालले अब तीन सिट ल्याएर देखाउन्।”

spot_img

ताजा अपडेट

लोकप्रिय