spot_img

रणवीर र आलियाको विवाह अप्रिल १७ मा

spot_img
spot_img

काठमाडाैँ,२७ चैत । रणवीर कपूर र आलिया भट्टको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । यो दम्पतीले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका हुन् ।

विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ। आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् । विवाहका लागि महेश भट्टले पनि आफ्नो सुटिङबाट विश्राम लिएका छन्।

रबिनले भने, ‘विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइन्छ। विवाह समारोह चार देखि पाँच दिनसम्म चल्नेछ, त्यहाँ विभिन्न समारोहहरू हुनेछन्।

यी दुईको विवाह सामान्य पञ्जाबी शैलीमा आरके हाउसमा हुनेछ। अहिले विवाहमा कति जना आउने भन्ने कुरा मलाई थाहा छैन। म आफैँ पनि पाहुना हुँ। विवाह अप्रिल १७ तारिखको राति हुनेछ ।’

spot_img

ताजा अपडेट

लोकप्रिय