सप्तरीमा सत्तारूढ दल तालमेल गर्ने

spot_img

जनकपुर,२७ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले सप्तरीमा विपक्षी बलियो रहेको स्थानमा तालमेल गर्ने सहमति गरेका छन् ।

नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादवका अनुसार सत्ता पक्षका दलहरू नै बलियो रहेको स्थानमा भने गठबन्धन नगर्ने सहमति भएको हो । शनिबार सत्ता गठबन्धनका दलको बैठक बसेको थियो ।

सप्तरीमा १८ वटा स्थानीय तह रहेको छ । जसमा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन्  । तीमध्ये १० स्थानमा जनता समाजवादी पार्टीको नेतृत्व छ भने ५ पालिकामा कांग्रेसको नेतृत्व छ । त्यस्तै २ पालिकामा नेकपा एमाले र एक पालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व छ ।

सप्तरीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भने नेतृत्व छैन ।

गठबन्धनभित्रकै दलहरूमा उम्मेदवारको सूची सबै पालिकामा लामो रहेकाले सप्तरीमा गठबन्धन हुने सम्भावना न्यून देखिएको जसपा जिल्ला अध्यक्ष केदार यादब बताउँछन् । हरेक पालिकामा गठबन्धनका दलहरूमै कम्तीमा २ जना र बढीमा ८ जना सम्म पालिका प्रमुखका आकाक्षीहरू छन् ।

गठबन्धनकै दलहरूमा टिकटका आकाक्षीहरूले फरक दलहरूसित छलफल बढाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय