काठमाडौँ,२७ चैत । सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन । उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन ।
उनले नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद गरेर सबै समस्या समाधान गर्नु पर्ने बताए । ‘सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ’ सभामुख सापकोटाले भने, ‘अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ ।’
अहिलेको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने सभामुख सापकोटाको भनाई छ । नेपालमा औधोगिक उत्पादन बढाएर निर्यात बृद्दी र आयात प्रतिस्थापन नै आर्थी समस्या समाधान गर्ने प्रमुख उपाय रहेको उनले बताए ।
यस्तै कार्यक्रममा चेम्बरका अध्यक्षले यतिबेला नेपालको अर्थतन्त्र समस्यामा रहेको बताए । उनले सेयर बजार ओरालो लागिरहेको तथा उद्यम व्यवसायिक क्षेत्रमा समेत कोरोना महामारी र रुस युक्रेन युद्धको प्रभाव परेको उल्लेख गरे । ‘नेपालको सम्पुर्ण निर्यातले पेट्रोलियम पदार्थ आयात गर्न नि पुग्दैन’ अध्यक्ष मल्लले भने, ‘अब नेपालको आयात घटाएर निर्यात बढाउनुपर्छ ।’
यसअघि पनि पटकपटक नीजि क्षेत्र र सरकारबीच अहिलेको आर्थिक समस्या समाधान गर्न छलफल भएको र आगामी दिनमा पनि छलफल गर्नुपर्ने उनको भनाई छ ।

