सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

spot_img

काठमाडौं – साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रवार तोलामा ८ सय रुपैयाँले घट्दा प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ भएको छ। गत शुक्रवार २० रुपैयाँ घट्दा प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य बढ्दै प्रतिऔंस १८६६.१३ डलरमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतिऔंस १८४०.४८ डलरमा कारोबार भएको थियो। चाँदी पनि २३.३९ डलरबाट बढेर प्रतिऔंस २३.८४ डलर पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय