मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

सिफारिस

जनकपुरधाम, माघ २० ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्।

- Advertisement -

 

महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद महतो कोइरी गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन्।

- Advertisement -

 

सिंहासन कलावार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन्।

 

त्यसैगरी शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन्।

 

माओवादी केन्द्र भने सरकारमा सहभागी भएन। माओवादीले दुई वटा मन्त्रालय मागेको थियो। मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -