बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

जनकपुर लियो क्लबमा आवद्धता नयाँ सदस्यलाई स्वागत

सिफारिस

जनकपुरधाम, माघ २९ । लियो क्लब अफ जनकपुरधामले शनिबार २७ जना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ ।

- Advertisement -

जनकपुरधाम स्थित कलवार कुटीमा लियो क्लब अफ जनकपुरले स्वागत र परिचय कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक सेवा गने उद्देश्यले स्थापित लियो क्लब अफ जनकपुरले शनिबार नयाँ सदस्यलाई स्वागत कार्यक्रम गर्दै क्लबमा आवद्धता हुन चाहने २७ जनालाई स्वागत गरेका छन् ।

- Advertisement -

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ जनकपुरका अध्यक्ष लियो अकाश साह, लायन्स क्लब अफ जनकपुरधामका पुर्व अध्यक्ष लायन राम बाबू गुप्ता, प्रमुख अतिथित्यमा क्लब सल्लाहकार लायन निर्मल सिङघानिया, लायन्स क्लब अफ जनकपुरधामका वर्तमान अध्यक्ष लायन गोपाल प्रसाद,लायन्स क्लब अफ जनकपुरधामका पुर्व अध्यक्ष लायन ऋषिकेष , लायन्स जिल्ला ३२५ एफ का कलस्टर चिफ लायन गएनेन्द्र देव, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, लायन्स क्लब अफ जनकपुरधाम गार्गीका जन सम्पर्क कर्ता लायन मनिसा साह, लियो क्लब अफ जनकपुर मोनाष्टिकका अध्यक्ष लियो आँचल साह, वडा सदस्य अमित साह लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा लियो क्लबका सल्लाहकार लायन निर्मल सिङघानियाले नयाँ सदस्यहरुको परिचय सँगै इन्डक्सन र पद अधिकारीहरुको इन्स्टलेसन कार्यक्रम गरि स्वागत गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब अफ जनकपुरधामका पुर्व अध्यक्ष लायन राम बाबू गुप्ताले भने क्लबहरु नितान्त सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भइ काम गरिरहेकाले क्लबमा लाग्ने सवैमा सामाजिक सेवाको भावना हुनुपर्ने बताए । उहाँले बाहिर लायन्स तथा लियो क्लब भन्नाले धनीहरुको संस्था भन्ने बुझिने गरिएकोमा खण्डन गर्दै यस संस्थाहरु धनीहरुको मात्र नभएर सवै वर्गका मानिसहरुको क्लब भएको बताए ।

यही सँगै लियो क्लब अफ जनकपुरका अध्यक्ष लियो अकाश साहले भने “हामी हाम्रो क्लबको नयाँ सदस्यता लिनुहुनु भएका सम्पूर्ण नयाँ सदस्यहरुलाई हामी स्वागत गर्दछौँ” लियो क्लबहरु सामाजिक सेवा गर्नको लागि स्थापित भएकाले हामी सबै मिली सामाजिक सेवा गरी जनकपुरधाम राम्रो ऊधारण बनऊभन्दै यहाँ कुनै गरिव र कुनै धनी भन्ने नरहेको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -