सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

ठगी गरेको आरोपमा नायक अनमोल केसी पक्राउ

सिफारिस

काठमाडौं । नायक अनमोल केसी पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो।

- Advertisement -

एकजना फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनमोललाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरिएको पुष्टि उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी दीपक थापाले गरेका छन्।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो।

- Advertisement -

पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो।

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार