spot_img

सम्पूर्ण नागरिकको आवास र दुर्घटना बीमा गर्न सरकारसँग यादवको माग

spot_img
spot_img

जनकपुर,२१ कार्तिक । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले सम्पूर्ण नागरिकको लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिममा सामूहिक दुर्घटना बिमा गर्न सरकारसँग माग गरेका छन् । जाजरकोटमा भूकम्प आएपछि कात्तिक १९ गते बसेको कर्णाली प्रदेशको सचिवालय बैठकबाट सो माग गरिएको हो ।

देशमा पटक–पटक भूकम्प आइरहेकाले जोखिम बढेको कारणले सम्पूर्ण नागरिकको स्वास्थ्य बीमा तथा जोखिम आवास बीमाको व्यवस्था सरकारले गर्नुपर्ने माग आफूहरूले राखेको इन्चार्ज यादवले रातोपाटीलाई बताए । त्यस्तै, बैठकले यथाशीघ्र पुनर्निर्माणको कार्य गर्न एउटा सबल पुनर्निर्माण प्राधिकारिण गठन गर्न पनि माग गरेको उनले बताए ।

बैठकपछि जारी गरिएको विज्ञप्ति अनुसार जाजरकोट, पश्चिम रुकुम, सल्यानलगायत विपद् जोखिम क्षेत्रहरूलाई सङ्कटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत तथा जनशक्तिको एकीकृत परिचालन गरी तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर स्वरोजगार तथा रोजगारमूलक कार्यक्रम सञ्चालन एवं व्यावसायिक कार्यका लागि सहुलियत ऋणको व्यवस्था गर्न तीनवटै तहका सरकारलाई आग्रह गरिएको उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय