spot_img

प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, तथ्य सार्वजनिक गर्न माग

spot_img
spot_img

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता माग गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे कूटनीतिक छलफलमार्फत समाधान गरिने बताउँदै नेपालले पनि भारतको केही भूभाग मिचेको टिप्पणी गरेका थिए।

उनको उक्त भनाइपछि कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउँदै सो अभिव्यक्तिबारे तत्काल तथ्य सार्वजनिक गर्न माग गरेकी छन्।

उनले भनिन्, “प्रधानमन्त्रीले नेपालतर्फबाट पनि भारतको भूमि मिचिएको भन्नुभयो। यो गम्भीर विषय हो, कहाँ र कसरी मिचिएको हो भन्ने स्पष्ट तथ्य दिनुपर्छ।”

थापाले यदि प्रधानमन्त्रीको भनाइ तथ्यमा आधारित हो भने विवरण सार्वजनिक गर्न र नभए उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पनि गरेकी छन्। सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीतिक बहस चर्किएको छ भने संसद्मा यसको थप स्पष्टता खोजिँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय