spot_img

आक्रोशित आशिका तामाङलाई रास्वपा सांसदहरूले बैठक कक्ष बाहिर लगे

spot_img
spot_img

काठमाडौं,१७ जेठ । प्रतिनिधिसभा बैठकमा आक्रोशित रूपमा प्रस्तुत भएकी आशिका तामाङ लाई उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहिर लगेर नियन्त्रण गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह ले आकस्मिक प्रश्नोत्तरपछि बैठक छोडेपछि विपक्षी दलहरूले नियमापत्ति उठाइरहेका बेला तामाङ आक्रोशित बनेकी थिइन्।

उनी आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ अघि बढेपछि अन्य सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। सो क्रममा रञ्जु दर्शन, ज्वाला संग्रौला र भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर रोक्ने प्रयास गरेका थिए।

तर अवस्था शान्त नभएपछि ती सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए। घटनापछि केही समय बैठकमा असहज अवस्था बनेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय