वीरगंज,१६ फागुन – राजश्व अनुसन्धान कार्यालय पथलैंयाको बदनाम अधिकृत नवकुल शर्माको अर्को काण्ड बाहिरएको छ । व्यवसायीहरुलाई दुःख दिने र अबैध रकम असुली काण्डमा पटक पटक मुछिदै आएका अनुसन्धान अधिकृत शर्माको अर्को असुली काण्ड बाहिरिएको हो ।
अर्थतन्त्र धर्मराई रहेको अवस्था र उद्योग व्यवसाय प्राय ठप्प झै भएको अवस्थामा शर्माले भने एनि हाउ मनि कमाउ अभियानलाई निरन्तरता दिदै सोझा साझा व्यवसायीहरुलाई आंतकित पारेर जथाभावी जरिवाना लगाउने धम्की दिएर अबैध रकम असुलेको एक घटना सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार वीरगंजका एक जना व्यवसायी विजय साह र उनको श्रीमती बविता देवीलाई अघोषित बन्दी बनाएर रु ९ लाख रुपैया असुली गरेको बुझिन आएको छ ।
फागुन १ गते वीरगंजबाट काठमाडौंका लागि हिडेको मालबाहक ना ३ ख ४९६१ नम्बरको ट्रकलाई प्रहरी चौकी पथलैंयाले शंकाको आधारमा नियन्त्रणमा लिई अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैंयामा बुझाएको थियो । उक्त ट्रकमा रहेको माल समानहरु चेक जाँच गर्ने क्रममा नौ पोका कपडालाई कागज पत्र हुँदा हुँदै पनि अबैध हो भनेर झमेला खडा गरी अधिकृत शर्माले ८ दिन सम्म उक्त गाडीलाई नियन्त्रणमा राखेका थिए । सोहि अवधीमा नौ पोका कपडाको सवरीया ट्रेडिङ्गबाट बिल जारी भएको र सर्पोटिङ्ग कागाज समेत उपलब्ध गराइ दिदा पनि पुरानो भन्दै कागज पत्रको समेत वास्ता नगरी तेरो १२ करोड कारोवार हाल सम्म भएको भन्दै सोको १० प्रतिशतको दरले जरिवाना लाग्ने र प्रोपाईटरलाई थुनामा समेत राख्नु पर्ने अवस्था आउँन सक्ने भन्दै धम्काएको पिडित विजय साहले बताएका छन् ।
अधिकृत शर्माले प्रोपाईटर बबिता देवीलाई कार्यालय परिसरमै बोलाएर थुन्नु पर्ने भन्दै दिनभर राखेर आफुसँग बार्गेनिङ्ग गरेको विजय साहले बताए । बार्गेनिङ्गका क्रममा शर्माले रु ५० लाखबाट प्रारम्भ गरेर क्रमश घटदै ३५,२० गर्दै १० लाखमा आएर डिल भएपछि श्रीमतीलाई घर जान दिएको निजले बताए । तत पश्चात भोली पल्ट अधिकृत शर्माले पठाएका एक ढुवानी व्यवसायी दिपु साहलाई रु ९ लाख दिएपछि बल्ल ८ गते माल र गाडी छोडेको साहले बताए ।
अधिकृत शर्माले आफ्ना दलाल मार्फत गरेको असुली काण्डको सबै प्रमाणहरु नेपाल पोष्टसँग सुरक्षित रहेको छ । यस सम्बन्धनमा राजश्व अनुसन्धान कार्यालय पथलैंयाका प्रमुख प्रेम देवकोटासँग बुझदा उहाँले आफुलाई यस सम्बन्धमा जानकारी नभएको बताउनु भयो । उहाँले पिडित म कहाँ आएर सत्य तथ्य बताएको खण्डमा अनुसन्धन गरी दोषी जो कोहि देखिएपनि कारवाही गर्ने बताउनु भयो ।



