आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : कलाकार संघ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१२ असार, काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरूले व्यक्त गरेको विचारप्रति आलोचना हुने क्रम रोकिएको छैन । अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ।

- Advertisement -

यसबीचमा नेपाल चलचित्र कलाकार संघले पनि उनीहरुले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । बुधबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मोहन निरौलाले कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ,‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारपूर्ण अभिव्यक्ती प्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको छ ।

उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ’ अध्यक्ष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि ।

- Advertisement -

नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरूलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन चाहन्छौं’।

विज्ञप्तिमा भनिएको छ- ‘यस भन्दा अघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरीत अनुशासन विपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं। प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकार लाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नगर्न हुन हामी यही विज्ञप्ति मार्फत अनुरोध गर्दछौ ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार