Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...

९ महिनामा ६ लाखभन्दा...

काठमाडौं,०९ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० मा काम...

वर्तमान संकटको समाधान क्रान्तिकारी...

काठमाडौं,०९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

४ साउन, काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् ।

- Advertisement -

फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल,रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । यस चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । फिल्मका निर्माता भने दिलिप केसी हुन् । यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार