अभिनेता हरिवंश आचार्य नाकबाट रगत बगी अस्पताल भर्ना

spot_img

काठमाडौं, २२ साउन: चर्चित अभिनेता हरिवंश आचार्य नाकबाट रगत बगेपछि अस्पताल भर्ना भएका छन् ।

हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सम्झौता गर्न विराटनगर पुगेका आचार्यलाई नाकबाट रगत बगेपछि विराट नर्सिङ होममा भर्ना गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अस्पताल पुगेर आचार्यको स्वास्थ्यबारे जानकारी लिएका छन् । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् ।

नाकभित्र घाउ देखिएपछि शल्यक्रिया गरिएको आचार्यका छोरा मोहितले बताएका छन् । उनी दुई दिनपछि डिस्चार्ज हुनेछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय