spot_img

नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी

spot_img
spot_img

काठमाडौँ,२२ भदाै । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन्। नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर शोको लागि उनी शनिबार दिउँसो नेपाल आएका हुन्।

शाम्बालाका निर्देशक मिन भामले त्रिभुवन विमानस्थलमा सिद्धिकीलाई स्वागत गरे। आइतबार साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ।

त्यस्तै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने निर्माण टिमले जनाएको छ। यो फिल्म भदौ २८ गतेबाट नेपाली सिनेमाहलमा रिलिज हुँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय