Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

६ असोज, काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार-प्रसारका लागि प्रयोग गरिने छन् ।

पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ। यी पोस्टरहरूबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ। ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

ताजा समाचार

थप समाचार