Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिमलताल बस दुर्घटनाको एक...

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको...

मधेशमा किसान र सर्वसाधारणको...

जनकपुर,२८ असार । मधेश प्रदेशमा लगातारको खडेरीले कृषि र दैनिक जीवन दुवै प्रभावित...

बैतडीमा जिप दुर्घटना :...

बैतडी,२८ असार । पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा...

पर्सामा ९ लाखभन्दा बढीको...

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९...
spot_imgspot_imgspot_img
28.3 C
Kathmandu
36.4 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१४ असोज, काठमाडौं । भारतका चर्चित र्‍यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् । अबुधाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए । यस क्रममा दुवैको अनुहारमा मीठो मुस्कान पनि देखियो । 

- Advertisement -

हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ । र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । हीराले हानी सिंहसँग पोज दिन हिचकिचाइरहेकी थिइन् तर पछि उनको हात समातेर तस्विरको लागि पोज दिएकी थिइन् । यस क्रममा पापाराजीले जोडीलाई जिस्क्याएका थिए ।

हनी सिंहको पहिलो विवाह शालिनी तलवारसँग भएको थियो तर विवाहको ११ वर्षपछि सन् २०२२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । यसपछि हानी सिंहले अभिनेत्री टीना थडानीसँग डेट गरे तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा दुवै अलग भएका थिए । हानी सिंह र हीराको प्रेम सम्बन्धको चर्चा चलिरहेपनि सार्वजनिक रुपमा एक साथ देखिएको यो पहिलो पटक हो ।

ताजा समाचार

spot_img

थप समाचार