निकिता पोरवाललाई मिस इन्डिया-२०२४ को उपाधि

spot_img

मुम्बई– मिस इन्डिया–२०२४ को उपाधि मध्यप्रदेशकी निकिता पोरवालले जितेकी छिन् । बुधवार राति मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड–२०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै दादरा र नगर हवेली ९केन्द्र शासित प्रदेश० की रेखा पाण्डे मिस इन्डिया–२०२४ को फस्ट रनर्सअप तथा गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनर्सअप बनेका छन् । निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।

डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय