काठमाडौं,१३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई जनताले दिएको तीन वर्ष पर्याप्त समय भएको भन्दै काम नगर्ने बहानाबाजी स्वीकार्य नहुने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा थापाले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, र मनमोहन अधिकारीले नेतृत्व गरेका छोटो अवधिका सरकारहरूको उदाहरण दिँदै समयको कमी काम गर्न नपाउनुको कारण बन्न नसक्ने स्पष्ट पारे ।
उनले संघ, प्रदेश, र स्थानीय तहमा कांग्रेसको जिम्मेवारी रहेको स्मरण गराउँदै अब बाँकी तीन वर्षमा प्रभावकारी काम गरेर जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए ।
जनताले दिएको अवसरलाई खेर फाल्न नहुने बताउँदै, थापाले कांग्रेसले आफू हुनुको अर्थ प्रमाणित गर्नुपर्ने आवश्यकता औंल्याए ।

