spot_img

‘रेस 4’ मा सलमान आउट, सैफको इन्ट्रीसाथै थपिए दुई नयाँ हिरोइन्

spot_img
spot_img

काठमाडाैं,२३ माघ । बलिउडको लोकप्रिय ‘रेस’ फ्रेन्चाइजको चौथो किस्तामा सैफ अली खानको पुनरागमन हुने पक्का भएको छ। यसपटक सलमान खानलाई बाहिर राख्दै सैफले मुख्य भूमिकामा पुनः स्थान लिएका छन्। सैफसँगै सिद्धार्थ मल्होत्राको पनि फिल्ममा उपस्थिति रहनेछ।

फिल्मका लागि दुई नयाँ अभिनेत्रीको नाम चर्चामा छ। रिपोर्टअनुसार शर्वरी वाघ र मानुषी छिल्लरलाई मुख्य भूमिकामा कास्ट गर्ने तयारी भइरहेको छ।

शर्वरी वाघले हिट फिल्म ‘मुन्ज्या’ मार्फत ठूलो सफलता पाएकी थिइन् भने हाल उनी एशराज स्पाइ युनिभर्स ‘अल्फा’ मा काम गरिरहेकी छिन्। अर्कोतर्फ, मानुषी छिल्लरले अहिलेसम्म तीन फिल्ममा अभिनय गरे पनि ती फिल्महरु फ्लप भएका छन्।

पहिले वामिका गब्बीलाई फिल्ममा प्रवेश गराउने चर्चा भए पनि अहिले उनी अक्षय कुमारसँग ‘भूत बंगला’ को सुटिङमा व्यस्त रहेकोले कास्टमा परिवर्तन भएको अनुमान गरिएको छ।

निर्माताहरूले अभिनेत्रीको आधिकारिक घोषणा नगरेको भए पनि फ्यानहरू फिल्मका लागि थप अपडेटको प्रतीक्षामा छन्। ‘रेस 4’ मा नयाँ जोडी र ताजा कथाले दर्शकलाई कत्तिको आकर्षित गर्ने हो, त्यो भने हेर्न बाँकी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय