सुनको मूल्यमा घटोत्तरी

spot_img

काठमाडौं, १४ फागुन । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज घटेर प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय