spot_img

सप्तरीमा अभद्र व्यवहार र कुटपिटका घटनामा चार जना पक्राउ

spot_img
spot_img

सप्तरी, २८ चैत । सप्तरी प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा बोक्सीको आरोपमा कुटपिट गर्ने एक जना तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा तीन जना रहेका छन्।

बोदेबर्साइन नगरपालिका–१ का २४ वर्षीय रामनारायण यादवले एक महिलामाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै मुखमा कालो मोसो र सेतो चुन दल्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो। उनलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यस्तै, सुरुङ्गा नगरपालिका–६ का २२ वर्षीय सुनील कुमार सदामाथि बजार क्षेत्रमा होहल्ला गर्दै प्रहरीको काममा अवरोध पुर्‍याएको आरोपमा नियन्त्रणमा लिइएको छ। उनलाई पनि ६ दिनको म्याद थप गरिएको छ।

बोदेबर्साइन–१ का रामचन्द्र मण्डलमाथि लाठी र हातमुक्काले कुटपिट गरी अभद्र व्यवहार गरेको आरोप छ भने महादेवा गाउँपालिका–४ का ४६ वर्षीय शेखर मण्डलमाथि गालीगलौज र धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई क्रमशः ६ र ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार सबै घटनामा थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय