संसदमा अनिवार्य उपस्थितिका लागि एमाले र कांग्रेसले जारी गरे ह्विप

spot_img

काठमाडौं, २० फागुन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले भोलि (बुधबार) हुने संसद बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेका छन् ।

बुधबार दिउँसो १ बजे बस्ने संसद बैठकमा अध्यादेशहरू पारित गर्नका लागि पेश गरिनेछ। सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेशहरूलाई पारित गर्न संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

नेकपा एमालेले संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्विप जारी गरेको छ, ताकि प्रस्तावित अध्यादेशहरू पारित गर्न कुनै अवरोध नआओस् ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा उपस्थित हुन निर्देशन जारी गरेको छ । जसपाका सांसदहरूले भूमि अध्यादेशको विरोध जनाएपछि सरकारले यसलाई रोकेर अन्य अध्यादेशहरूलाई पारित गर्न प्रक्रियामा ल्याउने तयारी गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय