पाटन अदालतमा लामिछानेको निवेदन दर्ता, सोमवार पेशी

spot_img

काठमाडौं, ८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशप्रति असहमति जनाउँदै लामिछाने पुनरावेदनमा गएका हुन् ।

उक्त सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशविरुद्ध पुनरावलोकन गर्दै उनले उच्च अदालतमा निवेदन दिएका छन्, जसको पहिलो सुनुवाइ आगामी सोमबारका लागि तोकिएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान अनुसार ५,६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको खुलासा भएको छ। यसै विषयमा अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै लामिछाने कानुनी लडाइँमा उत्रिएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय