जनमत पार्टीका नेता कैलाश गुरुङ र निलम यादव जसपा नेपालमा समाहित

spot_img

जनमत पार्टीका नेता कैलाश गुरुङ र निलम यादव जसपा नेपालमा समाहित

काठमाडौँ, ९ चैत्र । जनमत पार्टीका लुम्बनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङ र पार्टीका केन्द्रीय सदस्य निलम यादव आज (शनिबार) जसपा नेपालमा प्रवेश गरेका छन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालले लुम्बनी प्रदेशको भैरहवामा आयोजित एक कार्यक्रममा कैलाश गुरुङ र निलम यादवको पार्टी प्रवेशको घोषणा गरेको हो ।

यस अवसरमा, जसपा नेपालका महासचिव रामकुमार शर्माले गुरुङ र यादवसँगै अन्य नेताहरूको पार्टीमा सामेल हुने प्रक्रिया पूरा भएको जानकारी दिए । नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै आगामी कार्यमा सफलता शुभकामना दिएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय