spot_img

शेरबहादुर देउवाले भेटे पत्रकार सुरेश रजकका परिवारलाई

spot_img
spot_img

काठमाडौँ,२४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।

सभापति देउवाले स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा आइतवार दिउँसो पुगेर परिवारलाई भेटेका हुन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो।

सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय