Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

वीरगन्जमा हनुमान जयन्तीको भव्य तयारी

spot_img

वीरगन्ज,२९ चैत । चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्ती यस वर्ष वीरगन्जमा विशेष भक्तिपूर्ण उत्साहका साथ मनाइने भएको छ। शनिवारको दिन वीरगन्ज महानगरपालिका र वरपरका स्थानीय तहहरूबाट हजारौं भक्तजन सहभागी हुने वृहत् शोभा यात्रा, झाँकी, हनुमान चालिसा पाठ, र महाआरती कार्यक्रमले सहरलाई भक्तिमय वातावरणमा रूपान्तरण गर्नेछ।

श्रीपुर, रानीघाट, आदर्शनगर, छपकैया, नगवा लगायतका टोलहरूबाट सुरु हुने शोभा यात्रा वीरगन्जकाे ऐतिहासिक घण्टाघरमा एकत्रित भई नगर परिक्रमा गर्दै अघि बढ्नेछ। हनुमान भक्त कृष्ण साहका अनुसार, यस यात्राले धार्मिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक गौरवको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

शोभा यात्रापछि महावीर मन्दिरमा आयोजना हुने भव्य महाआरतीमा हजारौं भक्तजनको सहभागिता रहनेछ। महाआरतीको तयारीमा श्री महावीर मन्दिर समिति, मारवाडी सेवा ट्रस्ट, र विभिन्न धार्मिक संघ–संस्थाहरू जुटेका छन्।

श्रीपुरमा १०८ पटक हनुमान चालिसा पाठ र १०८ किलोको लड्डु प्रसाद वितरणको कार्यक्रम स्थानीय युवाहरूको अगुवाइमा सम्पन्न गरिनेछ।

ज्योतिष सम्राट् डा. पुरुषोत्तम दुबेका अनुसार, हनुमानको पूजाले शनिदोष निवारण, बल, बुद्धि, र आत्मबल वृद्धि हुने धार्मिक विश्वास रहेको छ।

यसैबीच, पर्सा प्रहरीले ८०० सुरक्षाकर्मी र सिसिटिभी/ड्रोनमार्फत निगरानी गरेर उत्सव सुरक्षित र व्यवस्थित बनाउन व्यापक सुरक्षा योजना बनाएको जनाएको छ।

वीरगन्जका मेयर राजेशमान सिंहका अनुसार, यस्ता उत्सवले वीरगन्जलाई धार्मिक पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने र स्थानीय संस्कृति विश्वमाझ चिनाउने अवसर प्रदान गर्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय