Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यो मुद्दा न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी नम्बर ११ मा राखिएको छ।

- Advertisement -

अधिवक्ता चन्द्रप्रकाश भुसालले चैत १३ गते दायर गरेको रिटमा मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई केन्द्र र प्रदेश दुबै तर्फबाट सुविधा दिइएको भन्दै आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको दाबी गरिएको छ।

रिट अनुसार ललितपुरको भैंसेपाटीस्थित वडा नं. १८ र २५ मा सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि २७ रोपनी १२ आना जमिनमा अत्यधिक विलासिता पूर्ण आवास निर्माण गरिएको छ। यी आवासहरूमा सरकारी खर्चमा सुविधा दिइँदै आएको भन्दै भुसालले यसलाई “दोहोरो सुविधा” को संज्ञा दिएका छन्।

- Advertisement -

रिटमार्फत अधिवक्ता भुसालले दोहोरो सुविधा निषेध गर्ने कानुनी प्रावधान स्पष्ट रूपमा बनाउन, अनावश्यक रूपमा लिइएका आवास सुविधाको लेखा परीक्षण गर्न, राज्यकोषमा फिर्ता गराउन र आर्थिक अनुशासन कायम राख्न सरकारलाई परमादेश जारी गर्न माग गरेका छन्।

सर्वोच्च अदालतको आजको फैसलाले प्रदेश तहको सार्वजनिक खर्च र सुविधा व्यवस्थापन सम्बन्धी बहसलाई नयाँ मोड दिने सम्भावना रहेको छ।

ताजा समाचार

spot_img

थप समाचार