spot_img

‘हेरा फेरी ३’ संकटमा: परेश रावलको बहिर्गमनले परियोजना अन्योलमा

spot_img
spot_img

काठमाडौं,०९ जेठ । बहुप्रतीक्षित बलिउड कमेडी फिल्म ‘हेरा फेरी ३’ अहिले गम्भीर अन्योलमा परेको छ। फिल्मका मूल अभिनेता परेश रावलले सामाजिक सञ्जालमार्फत् फिल्मबाट अलग हुने घोषणा गरेपछि प्रोजेक्टमा हलचल मच्चिएको हो। रावलको यो निर्णयले न केवल दर्शक निराश भएका छन्, बरु सहअभिनेता र निर्देशकहरू समेत स्तब्ध भएका छन्।

फिल्मका अर्का मुख्य पात्र सुनील शेट्टीले स्पष्ट रूपमा भनेका छन्— “हेरा फेरी १०० प्रतिशत परेश रावल बिना बन्न सक्दैन।” उनले थपे, “हामी अक्षय र म बिना फिल्म एक प्रतिशत बन्न सक्छ, तर बाबू भैया (परेश रावल) बिना यो फिल्म असम्भव छ।”

‘हेरा फेरी’को पहिलो भाग निर्देशन गरेका प्रियदर्शनले पनि परेश रावलको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै भने, “परेशले अहिलेसम्म मलाई केही औपचारिक रूपमा भनेका छैनन्।” प्रियदर्शनका अनुसार, फिल्म निर्माण अगाडि बढाउने सन्दर्भमा अक्षय कुमारले सुनील शेट्टी र परेश रावलसँग सम्पर्क गर्न भनेका थिए र दुवै सहमत थिए।

फिल्मबाट बाहिरिएपछि परेश रावललाई अक्षय कुमारले २५ करोड रुपैयाँ बराबरको कानुनी नोटिस पठाएको समाचार सार्वजनिक भएको छ। हिन्दुस्तान टाइम्सको दाबी अनुसार, परेशले कानुनी सम्झौतापछि सुटिङ सुरु भइसकेपछि फिल्म छोडेका हुन्। तर स्वयं रावल भने यसबारे अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन्।

परेश रावलले आफ्नो निर्णयलाई सफाइ दिँदै एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “यो स्पष्ट गर्न चाहन्छु कि मेरो अलग हुने निर्णय कुनै झगडा वा मतभेदका कारण होइन। निर्देशक प्रियदर्शनप्रति म सदैव सम्मान र विश्वास राख्दछु।”

सुनील शेट्टीले टाइम्स नाउसँगको अन्तर्वार्तामा भने, “यो खबरले मलाई पूर्ण रूपमा टुटायो। तर, म अझै पनि आशावादी छु कि सबै कुरा ठीक हुनेछ।” उनले अझै फिल्म नबने पनि, मित्रता बिग्रनु हुँदैन भन्ने भावनात्मक सन्देश दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय