मधेसमा दोस्रो चरणको सडक निर्माण सुरु

spot_img

काठमाडौं,१७ जेठ । मधेस प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ। रु १२ अर्ब ७० करोडको लागतमा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिघर पाँच किलोमिटरका दरले ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गरिने भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो। भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका अनुसार, आगामी तीन वर्षभित्र सम्पूर्ण सडक निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको छ।

सडक निर्माणको प्रक्रिया अघि बढिसकेको र सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिइएको छ। अब बन्ने सडकमा गाउँ क्षेत्रमा स्थानीय भौगोलिक बनावटअनुसारको प्रविधि प्रयोग गरिनेछ भने गाउँबाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिनेछ। सडकको चौडाइ ५.५ देखि ७ मिटरसम्म हुनेछ।

योजनाअन्तर्गत ८ वटै जिल्लाका सबै ६४ निर्वाचन क्षेत्रमा एक/एकवटा पक्की पुल पनि निर्माण गरिने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। यस योजनाले ग्रामीण भेगलाई शहरी केन्द्रसँग जोड्न सहयोग गर्ने, कृषि उत्पादनलाई बजारसम्म पु-याउन सहज बनाउने, रोजगारी सिर्जना गर्ने तथा व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय