spot_img

सहमति नजुटेपछि सूचना टाँस्दै प्रतिनिधिसभा बैठक तीन घण्टा पछि सारियो

spot_img
spot_img

काठमाडौँ,२० जेठ । संसदमा सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक तीन घण्टा पछि सारिएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

बैठक स्थगनसम्बन्धी सूचना संसद भवनको सूचना पाटीमा टाँस गरिएको हो। बैठक सारिनुको प्रमुख कारण भिजिट भिसा प्रकरणमा उठेको विवाद र त्यसले निम्त्याएको राजनीतिक गतिरोध हो।

विपक्षी दलहरू भिजिट भिसा सेटिङ काण्डमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप लगाउँदै आएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न दबाव दिएका छन्।

यसअघि विपक्षी गठबन्धनले संयुक्त बैठक गरी लेखकले पदमै रहेर छानबिनमा प्रभाव पार्ने भएकाले राजीनामा अपरिहार्य भएको निष्कर्ष निकालेको थियो। तर सत्तापक्ष उक्त मागमा सहमत नभएपछि बैठक स्थगित भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय