spot_img

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

spot_img
spot_img

बीरगन्ज,०४ जेठ । भारत–नेपाल सीमा क्षेत्रमा चोरीका मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी नेपालमा बिक्री गर्ने गिरोहलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

आदापुर थानाकी थानाध्यक्ष पूजा कुमारी को नेतृत्वमा प्राप्त गोप्य सूचनाका आधारमा भारत–नेपाल सीमा अन्तर्गत मटिअरवा बोर्डर नजिक सवारी जाँचका क्रममा दुई वटा सुपर स्प्लेन्डर मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको हो ।

जाँचका क्रममा बीआर ०५ आर ३४७९ र बीआर ०५ आर ५१११ नम्बरका मोटरसाइकलको एचएचडी मेसिनबाट परीक्षण गर्दा दर्ता नम्बर र चेचिस नम्बरमा फरक भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि मोटरसाइकल चालकहरू रंजन कुमार साह तेली र आनंद कुमार साह तेली लाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।

उनीहरूले उक्त मोटरसाइकल ह्रदेश कुमार जयसवाल सँग १४ हजार नेपाली रुपैयाँमा खरिद गरेको बयान दिएका थिए । त्यसपछि प्रहरीले छापा मारेर ह्रदेशलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार ह्रदेशले मोटरसाइकल अजय कुमार उर्फ हरिओम कुमार बाट बिक्रीका लागि ल्याइएको स्वीकार गरेका थिए । त्यसपछि अजय उर्फ हरिओमलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा अजयले मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्ने, नक्कली कागजात तयार गर्ने तथा चेचिस नम्बरमा छेडछाड गरेर नेपालमा बिक्री गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आदापुर थाना ले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय