काठमाडौं,१२ वैशाख । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुमबासी परिवारको तथ्यांक संकलन गरिएको छ।
उपत्यका विकास प्राधिकरणले होल्डिङ सेन्टरमा आएका परिवारहरूको विवरण संकलन गर्ने काम गरिरहेको जनाएको छ। थापाथली, गैह्रीगाउँलगायत स्थानबाट सुकुमबासीहरू आउने क्रम पनि निरन्तर रहेको छ।
यसैबीच, स्वास्थ्य सेवाका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा प्राथमिक उपचार केन्द्रहरू सञ्चालनमा ल्याएको छ। वडा नं ११ बबरमहल, वडा नं ३१ भीमसेनगोला र वडा नं ३२ पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन्, जहाँ सामान्य उपचार सेवा प्रदान गरिँदै छ।
काठमाडौं महानगरपालिका का अनुसार होल्डिङ सेन्टरमा आएका व्यक्तिहरूलाई प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि गरिएको छ।
सुकुमबासी व्यवस्थापन र स्थानान्तरण प्रक्रिया जारी रहँदा तथ्यांक संकलन र आवश्यक सेवा विस्तारलाई सँगसँगै अघि बढाइएको महानगरले जनाएको छ।

