spot_img

नेप्से ११ अंकले घट्याे

spot_img
spot_img

काठमाडौं,२५ जेठ । साताको पहिलो कारोबार आज सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ०६ अंकले घटेर २,६२९ दशमलव ८९ को बिन्दुमा पुगेर बन्द भएको हो ।

यो ० दशमलव ४१ प्रतिशतको गिरावट हो । परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । दिनभरमा कुल ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज ८६ हजार ६३६ पटकको कारोबारमा कुल १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका कुल ३१३ कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय