एमाले छाड्नु गम्भीर भूल थियो : झलनाथ खनाल

spot_img

काठमाडाैं,१६ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले छाडेर नयाँ पार्टी गठन गर्नु आफ्नो राजनीतिक जीवनको गल्ती भएको स्वीकार गरेका छन्।

पत्रकार जगदीश खरेलसँगको एक अन्तर्वार्तामा खनालले भने, “पार्टी विभाजन गरियो, त्यो नै गलत निर्णय थियो भन्ने बोधमा पुगेको छु।” उनले एमालेलाई देशको सबैभन्दा सशक्त कम्युनिस्ट संस्था भन्दै त्यस्तो संस्थाबाट टुट्नु आफैंमा गलत निर्णय भएको स्पष्ट पारे।

खनालले आफूले गरेको विद्रोह पुष्टि हुन नसकेको र त्यसले नै आफ्नो निर्णय त्रुटिपूर्ण भएको देखाएको बताए। “पुष्टि हुन नसक्नुको अर्थ नै गलत भएको हो,” उनले भने।

उनले एमालेबाट टुट्ने निर्णय केपी शर्मा ओलीप्रति व्यक्तिगत असहमति नभई संस्थागत रूपमै गरिए पनि त्यो निर्णय समीचीन नभएको स्वीकारे। “संस्थागत दृष्टिले एमाले बलियो थियो, त्यसलाई त्यति बेला छाड्नु उपयुक्त थिएन,” खनालको भनाइ थियो।

खनालको यो अभिव्यक्तिलाई नेपालको वाम राजनीतिको सन्दर्भमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। विशेषगरी, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएपछि पार्टीभित्र थप अन्योल उत्पन्न भएको बेला खनालको पश्चात्तापले नयाँ बहस सिर्जना गरेको छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय