spot_img

एशिया कप २०२५  भारत–पाकिस्तान भिडन्त दुबईमा हुने

spot_img
spot_img

काठमाडौं,१८ साउन । एशिया कप २०२५ को खेल तालिकासँगै अब प्रतियोगिताको आधिकारिक स्थल पनि तय भएको छ। एशियाली क्रिकेट परिषद (एसीसी) ले घोषणा अनुसार, आगामी सेप्टेम्बरमा हुने यस प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) का दुबई र आबुधाबीमा आयोजना गरिनेछ।

एसीसीद्वारा सार्वजनिक कार्यक्रमअनुसार, सेप्टेम्बर ९ देखि २८ सम्म चल्ने एशिया कपको सबैभन्दा चर्चित खेल भारत र पाकिस्तानबीचको भिडन्त सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र ओमान रहेका छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र हङकङ छन्।सन् २०२३ मा पाकिस्तानले आयोजना गरेको एशिया कप भारतले अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड मोडलमा सम्पन्न गरिएको थियो। भारतका सबै खेल श्रीलङ्कामा स्थानान्तरण गरिएका थिए।

यस वर्ष पनि दुबै देशबीचको कूटनीतिक तनाव कायमै रहँदा पाकिस्तानमा एशिया कप आयोजना असम्भव भएपछि खेललाई फेरि यूएई सारिएको हो। भारतले पछिल्लो अप्रिलमा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि पाकिस्तान भ्रमणमा कडा असहमति जनाउँदै आएको छ।

क्रिकेट इतिहासमा भारत एशिया कपको सबैभन्दा सफल टोली हो। उसले ८ पटक उपाधि जितिसकेको छ भने श्रीलङ्काले ६ पटक र पाकिस्तानले २ पटक उपाधि चुमेका छन्। यूएईमा हुने यो संस्करण राजनीतिक संवेदनशीलता र क्रिकेटको रोमाञ्चबीच विशेष चासोको विषय बन्ने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय