नेपाल आज साउदी अरेबियासँग भिड्दै

spot_img

काठमाडौं,२३ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाली टोली आज आफ्नो दोस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

भुटानको चाङलिमिथाङ रङ्गशालामा हुने यो खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरीमा रोकिएको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ, किनकि यहाँ बराबरी वा हारको नतिजा आएमा एसियन कपमा छनोट हुने सम्भावना लगभग समाप्त हुनेछ। अर्कोतर्फ, साउदी अरेबिया पनि पहिलो जितको खोजीमा छ। पहिलो खेलमा दक्षिण कोरियासँग १५० को फराकिलो अन्तरले पराजित साउदी पनि आजको खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रयासमा हुनेछ।

नेपालले छनोटको दौडमा कायम रहन आज साउदीमाथि फराकिलो जित हासिल गर्ने रणनीति बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय