अमेरिका :“संविधानअनुरूप पारदर्शी सरकारलाई समर्थन गर्छौं”

spot_img

काठमाडौ,०३ असोज । संविधान दिवसको अवसरमा अमेरिकाले नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपाली जनतालाई शुभकामना दिँदै संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपालीको चाहनालाई समर्थन गर्ने स्पष्ट संकेत दिएका छन्।

उनका अनुसार, नेपालले क्षेत्रीय स्थायित्व, आर्थिक वृद्धि र साझा समृद्धिको दिशा लिएको अवस्थामा अमेरिका निरन्तर सहकार्यमा रहन चाहन्छ।

रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) मार्फत ऊर्जा तथा यातायात पूर्वाधारमा लगानीले रोजगारी सिर्जना गर्ने, अमेरिकी–नेपाली साझेदारीलाई सबल पार्ने र दीर्घकालीन आर्थिक वृद्धि अघि बढाउने विश्वास व्यक्त गरे।

विदेशमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरुप्रति समवेदना प्रकट गर्दै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय