रौतहटमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

spot_img

रौतहट,०९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ।

घटनामा परेको गौर–पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८ प२३४६ र भारतीय नम्बर बीआर ३० ए एफ२३७० का मोटरसाइकल ठोक्किँदा दुर्गाभगवती गाउँपालिका का अशोक महतो र राजदेवी नगरपालिका–२ का अरविन्द महतो घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालका अनुसार तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो।

प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको र सडकमा सुरक्षित यातायातका लागि सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय